01 Nov 2026

09:56 AM

कक्षा १२ को नतिजा सार्वजनिक

The Kalika Online

01 Nov 2026

# News

काठमाडौँ,असार ५ –

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो।

यस पटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन्। गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए। जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए।

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र थियो। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो।

बोर्डको वेबसाइट result.neb.gov.np  बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .