01 Nov 2026
09:54 AM
The Kalika Online
01 Nov 2026
रत्ननगर नगरपालिका वडा नं. १५ मा अवस्थित माधवपुर खेलकुद विकास समितिद्धारा यहि असोज २५ गते बाट आयोजित तेस्रो टोल स्तरीय 7'A' Side कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ माधवपुर खेलमैदानमा उद्घाटन भएको छ । कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष श्री गणेश तमाङको अध्यक्षतामा सुरुवात भएको खेलमा सोही वडाका वडा अध्यक्ष श्री आशिक तमाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वडा सदस्य श्री इम प्र. पन्त, रुकमाया परियार, शिव प्र.तिवारी, श्री सुभास भट्ट अतिथिमा देवि प्र. वस्ताकोटी, प्रितम पाण्डे, रुद्र खत्री, कोपिला पौडेल र हरेका टोलका टोल अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको खेलमा आदर्श टोल र बिन्देश्वरी टोल बिच भएको खेलमा २ गोल गदैं आदर्श टोल विजय भएको छ । खेलमा प्रथम हुने टोललाई ३० किलोको खसी, ट्रफी, प्रमाणपत्र र मेडल, द्धितिय हुने टोललाई २० किलोको खसी, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् भने उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार रहेको छ । यस्ता टोल स्तरीय खेलले यूवाहरुमा एक आपसमा आत्मियता, उत्कृष्ट खेलडी उत्पादनको साथै स्वस्थ रहन समेत महत्वपूर्ण भुमिका रहने कुरा यसै वडाका अध्यक्ष श्री आशिक तमाङज्यूले ब्यक्त गर्नु भएको थियो । कार्यक्रम भने खेलकुद विकास समितिका सचिव श्री भु बहादुर गुरुङ्गले सञ्चालन गर्नु भएको थियो ।
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .