01 Nov 2026

09:54 AM

प्रथम पञ्चकन्या गोल्डकप २०८३

The Kalika Online

01 Nov 2026

# Sports

रत्ननगर नगरपालिका वडा नं. १२ सालघारीमा अवस्थित न्यू पञ्चदिप युवा क्लबद्धारा यहि असोज ९ गते देखि १६ गते सम्म टिकौली खेलमैदानमा प्रथम पञ्चकन्या गोल्डकप पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ । जम्मा ८ वटा टिम खेलमा सहभागी हुने छन् आयोजक सहित ३ वटा टिम र बाह्य अन्य जिल्लाबाट ५ वटा टिम बिच प्रतिस्पर्धात्मक फुटबल खेल हुने कुरा क्लबका अध्यष  किरण थिङ्गले जानकारी दिनुभयो खेलमा प्रथम हुने क्लबले रु ३ लाख नगद सहित ट्रफि, मेडल प्राप्त गर्ने छन भने दोस्रो बिजेताले १ लाख ५० हजार नगद सहित ट्रफि, मेडल प्राप्त गर्ने छन भने हरेक खेलमा उत्कृष्ट खेलाडीहरुलाई ३,००० छ भने पुरै खेलमा उत्कृष्ट हुने खेलाडीलाई रु १५,०००, बेस्ट गोलकिपरलाई रु १५,००० प्राप्त गर्ने कुरा यस खेलका संयोजक श्री दिनेश राना मगरज्यूले जानकारी दिनुभएको छ । खेलमा रत्ननगर नगरपालिका वडा नं. ११ र १२ कार्यालय सह–आयोजकको रुपमा रहेको छ । मूख्य प्रायोजकमा सान रियल स्टेट नेपाल प्रा.लि., सह–प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेश्नल प्रा.लि. प्रायोजकहरुमा किसान दाना उद्योग प्रा.लि. विशेष सहयोगमा अलमेटल कास्टिङ्ग, संरक्षक रत्ननगर नगरपालिका, सह–संरक्षक पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूह र रत्ननगर नगरकापलिकाका १ देखि १ट सम्पूर्ण वडाहरु रहेका छन् ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .