01 Nov 2026

09:54 AM

साधारण सभा तथा अधिवेशन सम्पन्न :

The Kalika Online

01 Nov 2026

# News

रत्ननगर नगरपालिका वडा नं. १० बकुलहरमा अवस्थित त्रिफला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा तथा छैठौं विशेष अधिवेशन यहि असोज ३ गते होटल गंगोत्री हाइवे सौराहा चोकमा सम्पन्न भएको थियो । हाल अधिवेशनबाट श्री वेद प्रसाद पाण्डे अध्यक्ष, उपाध्यक्ष श्री खडानन्द शर्मा, सचिव श्री यम प्रसाद पराजुली, कोषाध्यक्ष श्री कृष्ण सापकोटा, सदस्यहरुमा श्री  गोमादेवि शर्मा,राधिका शर्मा गौतम,  मञ्जु श्रेष्ठ,नवराज वंजारा, प्रेम बहादुर क्षेत्री,  लेखा सुपरिवेक्षकमा श्री जयइश्वर पौडेल संयोजक, सदस्यहरुमा जयप्रकाश आचार्य, मुक्तिनाथ सुवेदी रहनु भएको थियो । निर्वाचन मण्डलको भूमिकामा अध्यक्षको रुपमा श्री रमेशचन्द्र आचार्य, श्री हरि प्रसाद आचार्य र रोशन पौडेल रहनु भएको थियो । कार्यक्रममा  प्रमुख अतिथिका रुपमा जिल्ला सहकारी संघका लेखा समिति सदस्य श्री खगेन्द्र प्रसाद पौडेल रहनु भएको कार्यक्रम संस्थाका वर्तमान का.बा. अध्यक्ष श्री परमात्म रेग्मीज्यूको सभाध्यक्षमा सम्पन्न भएको थियो । संस्थाका सचिव हरि प्रसाद आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य भने संस्थाका सञ्चालक समिति सदस्य जय प्रकाश अचार्यले राख्नु भएको थियो । साधारण सभा तथा अधिवेशनबाट संस्थाले उत्कृष्ट असल बचत कर्ता, जेष्ठ नागरिक, १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा–छोरी उत्कृष्ट श्रेणी र उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मानित गरेको थियो । सम्मानित हुनु हुनेमा असल बचत तर्फ शेयर सदस्य श्री लिलानाथ पाठक, शारदा शर्मा पौडेल, कृष्ण प्रसाद शर्मा, उत्कृष्ट ऋणी श्री इन्दिरा गिरी पौडेल, ममता भट्टराई, कमला भण्डारी तिमल्सेना, जेष्ठ नागरिक तर्फ रत्ननगर–१०, निवासी श्री यनि माया ढकाल, श्री जयकृष्ण उपाध्याय, उत्कृष्ट अंक प्राप्त गर्ने छात्रा,छात्रहरुमा श्री अनुस्का आचार्य, बिमेशबाबु ढकाल , पूर्व व्यवस्थापक श्री भरत पौडेल र उत्कृष्ट कर्मचारीमा बरिष्ठ काउन्टर सहायक श्री नमिता खनाल सम्मानित हुनु भएको थियो ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .