01 Nov 2026

11:46 AM

जेन–जी प्रदर्शनका क्रममा गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस

जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा नलगे युवाहरूको अर्को आन्दोलन उठ्नसक्ने भन्दै सरकारलाई चेतावनी दिनुभएको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूकै अगाडि आफूले प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको संयोजक कार्कीले बताउनु भयो । हाँले भन्नुभयो, ‘प्रतिवेदन कार्यान्वयनमा गएन र सार्वजनिक गरिएन भने जेन–जीका युवाहरूको फेरि अर्को आन्दोलन आउन सक्छ । त्यसकारण त्यो सामना गर्न तयार हुनुहोस् र यो सार्वजनिक गर्नुहोस् भनेर मैले भनिदिएको छु ।’

गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस

आयोगले प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको सुक्ष्म छानबिन गरेको जनाएको छ । २३ गते किशोरहरूको ज्यान जाने गरी भएको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिनुभयो । दोषीहरूको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्रै खुल्ने उहाँले बताउनु भयो ।

‘हाम्रा किशोरहरूको मृत्यु हुन गयो, उनीहरूलाई शहीद बनाउनेहरूलाई कानूनी कारबाही गर भनेर हामीले सिफारिस गरेका छौँ ।’ कार्कीले भन्नुभयो, ‘त्यो सिफारिसमा गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबै परेका छन् । जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्न भनेका छौँ ।’

चुनावको नतिजा कुरेका होइनौँ, कसैलाई बचाउन खोजिएको छैन

प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा सञ्चारमाध्यममा आएका विभिन्न अड्कलबाजीलाई संयोजक कार्कीले खारेज गर्नुभयो । कसैलाई बचाउन वा चुनावको नतिजा कुरेर प्रतिवेदन बुझाउन ढिला नगरिएको उहाँले प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘इलेक्सनको रिजल्ट हामीले कुरेको होइन, त्यससँग हामीलाई केही मतलब छैन । कसैलाई कारबाहीबाट बचाउन खोजिएको भन्ने कुरा पनि सत्य होइन, जो दोषी देखिएका छन् उनीहरूलाई कारबाहीको सिफारिस गरेका छौँ । अहिले हामीलाई के महशुस भयो भने यदि हाम्रो रिपोर्ट अगाडि नै सकिएको भए त्यसले चुनावलाई नै असर पथ्र्यो कि भन्ने कुरा पनि यहाँ आएको छ ।’
देश, जनता र सहिदहरूको पक्षमा काम गरेको भन्दै उहाँले यस प्रक्रियामा आफूहरूलाई कुनै डर वा अप्ठ्यारो नरहेको र पूर्ण सन्तोष रहेको बताउनु भयो । सरकारले जाँचबुझ आयोग ऐनअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी उपर कारबाहीको सिफारिस गर्न उक्त आयोग गठन गरेको थियो । –न्युज एजेन्सी नेपाल

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
सभ्य र सुरक्षित होली मनाउन आग्रह
पहाडी जिल्लामा आज होली,रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध
निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?
धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची सहित)
प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ आज सकिँदै
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
फेरी बढ्यो सुनको मूल्य
निर्वाचनका लागि आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
र.न.पा.–११ बालक्लब प्रथम
आज शहीद दिवस
स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
रत्ननगरको माधवपुरमा भजन तथा शङख ध्वनी प्रतियोगिता हुने
मच्छिन्द्रको लगातार दोस्रो जित
चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
निर्वाचन आचारसंहिता: जथाभावी पोस्ट र शेयर गरे १ लाखसम्म जरिवाना, अरू केके गर्न पाइँदैन ?
आज माघ शुक्ल प्रतिपदाः हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै
अभिमुखिकरण कार्यक्रम सम्पन्न
११ औँ खिचरा महोत्सव औपचारिक रूपमा आजदेखि सुरु
सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान
११औँ खिचरा महोत्सव पुस २९ गतेदेखि, तयारी तिब्र
सामाजिक अभियन्ता आशिका तामाङको प्रतिनिधिसभा चुनावमा उम्मेदवारी घोषणा
माघ ३ गतेदेखि आचारसंहिता लागू हुने
पुस ३० देखि नारायणी एक्सपो २०८२, तयारी अन्तिम चरणमा
निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
टिकौली चौरमा रत्ननगर महोत्सव आजदेखि
उपरदाङगढी : इतिहास संरक्षणसँगै नयाँ पर्यटकीय पहिचानतर्फ

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .