31 Aug 2026

12:05 PM

चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

चितवन, साउन ५-

यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका १५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चारवटा प्यारापिट (रङ्गशालामा दर्शक बस्नका लागि तह(तहमा बनाइएको सिँढीजस्तो संरचना)मध्ये तीनवटाको ढलान भइसकेको छ भने एउटाको डन्डी बाँधेर ढलानको तयारी गरिएको छ । यी प्यारापिट दर्शकका लागि बनाइएको हो । खेलाडी र विशिष्ट पाहुनाका लागि निर्माण गरिएका दुईवटा टावरमध्ये एउटालाई ‘फिनिसिङ’ (अन्तिम प्लास्टर, रङरोगन, टायलरमार्बल बिछ्याउनेलगायत काम गरी आकर्षक बनाउने) गर्ने काम भइरहेको छ भने अर्कोको अन्तिम ढलान सकिएको छ । दोस्रो टावरको फिनिसिङको काम अब गर्ने तयारी गरिएको छ ।

“मैदानको कामका लागि पाइप आइसकेको छ । भुइँमा पाइप बिछ्याएर माटोले पुरेपछि त्यसमाथि दुबो लगाइने छ । सडकबाट रङ्गशालासम्म जाने बाटोको सबग्रेडको काम सकिएको छ”, इन्जिनियर पोखरेलले भन्नुभयो, “ढलमाथिको ढकन राखिएको छ । कम्पाउन्डको काम सकिएको छ । अहिले दैनिक १०० हाराहारी मजदुरले काम गरिरहेका छन् ।”

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार महँगी, बजेट निकासामा केही समय लागेको र जेनजी आन्दोलनको समयमा कामले गति लिन नसक्दा लक्ष्यअनुसार प्रगति हुन नसकेको हो । उहाँका अनुसार हिमालयन(कालिन्चोक(बिबीआर ज्वाइन्टभेन्चरले आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी २०८१ साल असार २३ गते रु ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो ।

पछिल्लो समय कामलाई तीव्रता दिइएको बताउँदै इन्जिनियर आचार्यले परियोजनाको वित्तीय साझेदारीअनुसार बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च व्यहोर्ने सहमति भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार महानगरले व्यहोर्ने खर्चमा भने सङ्घीय सरकारले सहयोग गरेको छ ।

रङ्गशालामा १५ हजार दर्शक क्षमताको प्यारापिट बनिरहेको हो । दुईवटा तीनतले भिआइपी टावर तथा खेलमैदान हुनेछन् । विसं २०७५ माघ १६ गते राजधानीको राष्ट्रियसभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको घोषणा गरिएको थियो । सुरुमा धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा रङ्गशाला निर्माण गर्ने सहमति गरे पनि काम गर्न नसकेपछि महानगरलाई हस्तान्तरण गरिएको थियो ।

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती जारी , प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत्
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द
बागमतीमा लाइसेन्स लिन र रिन्यु अब दोब्बर महँगो: कुन वर्गलाई कति ?
कक्षा १२ को नतिजा सार्वजनिक
चितवनमा गर्मी छल्ने नजिकको रमणीय ठाउँ बन्दै स्याङदी झर्ना र स्याङदी हिल कटेज ए.आई फोटो फिचर चितवन स्याङदी
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
मापसे गरेर चलाएका थिए अक्सफोर्ड कलेजका चालकले बस,मृतक साइकलयात्रीको शव अझै बुझेनन् परिवारले
चितवनमा प्रसारणलाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै
२४ घण्टामा दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
अमेरिका र इरानबीच युद्धविरामको सहमति
चितवनको रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
संघीय संसद् अधिवेशन सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
चैत्र शुक्ल नवमीः आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व
रास्वपा बैठकः संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट,के-के भयो कुराकानी ?
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना , सचेत रहन आग्रह
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी
जेन–जी प्रदर्शनका क्रममा गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस
निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
सभ्य र सुरक्षित होली मनाउन आग्रह
पहाडी जिल्लामा आज होली,रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध
निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?
धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची सहित)

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .