12 Jun 2026

11:07 AM

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

काठमाडौँ, जेठ २४

पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गर्नुभएको छ । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताउनुभयो ।अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।”

छानबिन समितिसँगको त्यो ‘ठट्यौली’ प्रसंग

बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भन्नुभयो, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।”

उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताउनुभयो ।

“पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू”

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राख्नुभयो । उहाँले भन्नुभयो, “यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।” उहाँले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको बुझाउनुभयो ।

पार्टी नेतृत्वलाई सुझावः “जिल्लाकै नेता जिल्लामै बस्नुपर्छ”

सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राख्नुभयो । अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उहाँको तर्क थियो ।

“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” गुरुङले भन्नुभयो, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।”

कार्यक्रममा उहाँले आफू गृह मन्त्री हुँदा आम जनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखाका सम्पूर्ण मतदाताहरूलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
मापसे गरेर चलाएका थिए अक्सफोर्ड कलेजका चालकले बस,मृतक साइकलयात्रीको शव अझै बुझेनन् परिवारले
चितवनमा प्रसारणलाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै
२४ घण्टामा दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
अमेरिका र इरानबीच युद्धविरामको सहमति
चितवनको रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
संघीय संसद् अधिवेशन सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
चैत्र शुक्ल नवमीः आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व
रास्वपा बैठकः संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट,के-के भयो कुराकानी ?
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना , सचेत रहन आग्रह
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी
जेन–जी प्रदर्शनका क्रममा गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस
निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
सभ्य र सुरक्षित होली मनाउन आग्रह
पहाडी जिल्लामा आज होली,रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध
निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?
धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची सहित)
प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ आज सकिँदै
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
फेरी बढ्यो सुनको मूल्य
निर्वाचनका लागि आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
र.न.पा.–११ बालक्लब प्रथम
आज शहीद दिवस

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .